शिक्षा ऐन संशोधनको माग गर्दै शैक्षिक हडताल घोषणा

काठमाडौँ, १६ चैत -तीन ठूला विद्यार्थी संगठनले शिक्षा ऐनको नवौँ संशोधन खारेज नगरे अनिश्चितकालीन शैक्षिक हडताल गर्ने निर्णय गरेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको बिहीबार सम्पन्न संयुक्त बैठकले शिक्षा ऐन नवाैँ संशोधन खारेज र २३ चैतमा शिक्षक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित गर्न माग गरेको छ ।अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार माग पूरा गराउन १६ चैतमा देशभरका कलेजअगाडि प्रदर्शन र आधा घन्टा चक्काजाम गर्ने र सोही दिन ११ बजेदेखि माइतीघर मण्डलामा बृहत् प्रदर्शन र चक्काजाम गर्ने निर्णय भएको छ ।तीन संगठनले १७ चैतदेखि अनिश्चितकालीन शैक्षिक हडताल घोषणा गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?