आजको लागि विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति ?

लोकपथ
238
Shares

काठमाडौं । नेपाली राष्ट्र बैंकले विहिवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर १ को खरिददर ११९रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ७० पैसा, बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरेवियन रियल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा छ भने बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?