काठमाडौं।पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानी योग्य पूँजी (तरलता) बढेको देखिएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा सरकारले खर्च बढाएपछि बैंकिङ्ग प्रणालीमा तरलता वृद्धि भएको हो ।
सरकारले बढाएको खर्चसँगै विस्तारै बैंकिङ्ग प्रणालीले लय समात्न थालेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकाले वैशाख १६ गतेबाट मुलुकका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरेको थियो । कोरोनाको संक्रमण कम नभएकाले पटक पटक गरी सरकारले निषेधाज्ञा थपिरहेको छ । त्यसैले बैंकहरुले बैंकहरुको कारोबार लगभनग ठप्प जस्तै भएको थियो ।
तर सरकारले खर्च बढाएसँगै बैंकिङ प्रणालीमा केही सहजता देखिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार १२–१८ गतेसम्म वाणिज्य बैंकहरुले ४७ अर्ब ३७ करोड रुपैयाँले निक्षेप बढाएका छन् । कर्जा लगानी १४ अर्ब २० करोड रुपैयाँले बढेको देखिएको छ ।
असार ११ सम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप ३९ खर्ब ९८ अर्ब ९३ करोड रुपैयाँ थियो । असार १८ गतेसम्म आइपुग्दा ४० खर्ब नाघेको संघको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरुसँग हाल ४० खर्ब ४६ अर्ब रुपैयाँ बराबरको निक्षेप रहेको छ ।
त्यस्तै,३६ खर्ब ५३ अर्ब ४० करोड रुपैँया कर्जा लगानी भएको छ । यस अवधिमा बैंकले ३६ खर्ब ६७ अर्ब ६० करोड रुपैयाँ कर्जा पु¥याएका छन् ।
जेठको चौथो साता बैंकहरुले निक्षेप १३ अर्ब र कर्जा ८ अर्ब विस्तार भएको तथियो । अन्तिम ३ दिन निक्षेप ९ अर्ब र कर्जा ४ अर्बले बढेको थियो ।
त्यस्तै,असारको दोस्रो सातामा वाणिज्य बैंकहरुले ८ अर्बले निक्षेप बढाएका थिए भने कर्जा ४ अर्बले बढेको थियो । प्रणालीमा तरलता प्रवाह भएसँगै बजारमा रहेको अभाव हट्ने आँकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया