काठमाडौं । गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा “तिमी आयौ जिन्दगीमा”बोलको गजल गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत सुन्न सकिन्छ।
तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको हालैमात्र म्युजिक भिडियो छायाँकन गरी सार्वजनिक गरिएको हो । सुव्रतराज आचार्यले निर्देशन रहेको म्युजिक भिडियोमा गीतकार वाग्ले स्वयं र उनकी श्रीमती प्रमिला कार्कीले अभिनय गरेका छन् ।
थिएटर आर्टिष्टसमेत रहेकी प्रमिला कार्कीले भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छिन्। सुरेश वाग्लेका प्रेमिल शब्द तथा चर्चित गायिका अन्जु पन्त र मनोजराज शिवाकोटीको आवाजलाई दर्शकमाझ जीवन्तता दिन पाउनु खुसीको विषय भएको कार्कीको भनाइ छ ।
उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया