आज कुन देशको मुद्राको भाउ कति ? हेर्नुहोस् सूचीसहित

लोकपथ
231
Shares

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४३ पैसा र बिक्रि दर १४२ रुपैयाँ १५ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ५० पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ९० रुपैयाँ ३४ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै कतारी रियलको खरिददर ३२ रुपैयाँ ५३ पैसा, बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?