धनुषाका पाँच स्थानीय तहले ल्याउन सकेनन् नीति तथा कार्यक्रम

लोकपथ
49
Shares

धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन ।

जिल्लाका १८ मध्ये पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । असार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन जिल्लाका एक उपमहानगरपालिका, ८ नगरपालिका र ४ गाउँपालिकाले एकै दिन बजेट पारित गरेका छन् ।

गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिकाले आवश्यक तयारी नपुगेको भन्दै निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ । त्यस्तै निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउने स्थानीय तहमा जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, हंसपुर नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, नगराईन नगरपालिका, विदेह नगरपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका छन् ।

बजेट पारित गरेका अधिकांश स्थानीय तहले भने पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायत क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?