काठमाडौं – सरकारले सशर्त आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ।
सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुल्ला गर्ने निर्णय गरेको हो ।
५४ दिनदेखि जारी निषेधाज्ञाका कारण आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्ने निर्णय भएपनि यसको तालिका र मिति भने तय हुँदैछ। सरकारले अन्तर्राष्ट्रिय उडानमा समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।
कुन – कुन रुटमा कति उडान हुँदैछ ?
काठमाडौं दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान
काठमाडौं इस्तानबुल रुटमा सातामा २ उडान
काठमाडौं -दुबई रुटमा सातामा ४ उडान
काठमाडौं -दमाम रुटमा सातामा २ उडान
काठमाडौं- कुवेत रुटमा सातामा २ उडान
काठमाडौं -मस्कटमा रुटमा सातामा १ उडान
काठमाडौं -मलेसिया रुटमा सातामा ४ उडान
काठमाडौं -दक्षिण कोरिया रुटमा सातामा एक उडान
काठमाडौं -जापान रुटमा सातामा एक उडान
काठमाडौं -छेन्दु रुटमा सातामा एक उडान
काठमाडौं -ग्वान्झाओ रुटमा साताको एक उडान हुने गरि खुलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया