काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

RSS
28
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीवार सभाको पहिलो बैठकमा सो नीति–तथा कार्यक्रम पस्तुत गरेका थिए। नेपाली कांग्रेसनिकट जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे अध्ययन गर्ने समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरेका थिए ।

उपमेयरसहितका कांग्रेसनिकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उनीहरुबाट आएका सकारात्मक सुझावले कार्यक्रम गहकिलो बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?