‘त्यता केके हुँदै छ, यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु–कलेजा
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार
चरी लैजा समाचार, हामी भयौँ बेघरबार!’
देशमा हरेक वर्ष वर्षा मौसममा यस गीतले चर्चा पाउने गर्दछ । कवि तथा पत्रकार संगीत श्रोताको शब्द र लयमा अन्जान बाबु शर्मा र स्वयं श्रोताले यस गीतमा स्वर भरेका छन्।
वर्षात्को शुरुवातमा नै प्राकृतिक विपत्तिले नराम्ररी बित्याँस पारेको सिन्धुपाल्चोक, कास्की, पाल्पा, स्याङजा,मनाङ लगाएतका जिल्लामा मनसुनको पहिलो सातामा अर्बौको धनमाल नष्ट पारिसकेको छ ।
हालसम्म क्षतिको विवरण संकलन भई यकिन जानकारी नआईसकेको भएतापनि यतिबेला शोकमा डुबेको जिल्ला बासीले आँखैअगाडी घर जग्गा बगरमा परिणत भएको देख्नुपर्यो ।
हालसम्म प्राकृतिक विपत्तिले ४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले बताएको छ । त्यस्तै, बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरि ६९ जनाको प्रहरीले उद्दार गरेको छ ।
हेर्नुहोस् अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानको प्रभाव :


हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधवार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङगे पुल बाढीले बगाएको छ । तस्वीर : आदित्य दाहाल-रासस


हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधवार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङगे पुल बाढीले बगाएको छ । तस्वीर : आदित्य दाहाल-रासस

पहिरोले अवरुद्ध बागलुङपोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ । तस्वीर : तारानाथ आचार्य-रासस


कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । तस्वीर :सन्तोष गौतम-रासस





तस्वीर : रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया