प्रदेश २ बजेट : ३३ अर्ब ७९ करोड १४ लाख विनियोजन, कोभिड नियन्त्रणलाई कति ?

लोकपथ
63
Shares

काठमाडौं । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको हो ।

मंगलवार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि २० करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको चाफ बढेको भन्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्न गर्न का १२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

त्यस्तै,प्रदेश सरकारले मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?