पिङ खल्ने क्रममा डोरी घाँटीमा कसिँदा ९ वर्षीय बालकको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । गुल्मीमा पिङ खेल्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-६ कमेरापानी बस्ने बिस्नु बहादुर थापाको ९ वर्षीय छोरा सन्दिप थापाको पिङ खेल्ने क्रममा नाम्लोको डोरी घाँटीमा कसिँदा सोमवार दिउँसो मृत्यु भएको हो।

सोही ठाउँ बस्ने आफ्नै काका भेष बहादुर थापाको घरको धरानमा कोही नभएको अवस्थामा पिङ खल्ने क्रममा डोरी घाँटीमा कसिँदा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?