धनगढी । मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक तोकिएको समयमा सुरु हुन सकेन । मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । तोकिएको समयमा बैठक सुरु हुन नसकेपछि बैठक १ घण्टा पछिलाई सारिएको छ ।
दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । विशेष गरी कांग्रेसले निर्णय गर्न सकिरहेको छैन । स्रोतका अनुसार कांग्रेसले पनि मुख्यमन्त्री भट्टकै पक्षमा मतदान गर्ने तयारी गरेको छ ।
दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । एमाले र कांग्रेसको संसदीय दलको बैठक चलिरहेको छ । मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।
५२ सदस्यीय प्रदेशसभा सरकार गठनका लागि २७ सांसद पुग्नुपर्छ । यो समीकरण पूरा गर्न माधव पक्षका १५ र माओवादी केन्द्रका १३ गरी २८ जना सांसद पुग्छन् । यसरी सरकारलाई विश्वासको मत प्राप्त हुन्छ ।
जसपाले विश्वासको मत नदिने
जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यले भने मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन् ।
संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन गरेको छ । हाल जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा छ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ।
केन्द्रमा भएको सत्ता समिकरण अनुसार मुख्यमन्त्रीलाई विस्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी बताए ।
सुदूरपश्चिम प्रदेश सभामा कृष्णबहादुर चौधरी र मालामति राना गरी २ जना प्रदेश सभा सदस्य रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया