काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९ सय १ जनाको परीक्षण गर्दा १ हजार १ सय २ जनामा संक्रमण पुष्टि भएको छ । र पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोनासंक्रमण मुक्त हुनेको कूल संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९२जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया