काठमाडौं । दाङमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका-१५ दिपशिखा रोडस्थित गौरीदिप होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय सुधिर न्यौपाने लगायत ६ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३९ हजार ७ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया