राउटे युवतीमाथि भएको यौन हिंसा चरम मानव अपराध : आदिवासी जनजाति महासंघ

लोकपथ
2.7k
Shares

काठमाडौं । राउटे समुदायका दुई युवतीमाथि भएको यौनजन्य दुर्व्यवहार प्रति नेपाल आदिवासी जनजाति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

आइतवार एक विज्ञप्ति जारी गर्दै महासंघले दुई युवतीमाथि भएको यौनजन्य दुर्व्यवहार घृणित र मानवताविरोधि र अक्षम्य कार्य भएको जनाएको छ । साथै महासंघले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य भएको र अझ यौन हिंसा चरम मानव अपराध भएको बताएको छ ।

विज्ञप्तिमा घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कडा कार्वाही अगाडि बढाउन सम्बन्धित निकायहरुसँग माग गरिएको छ ।

विज्ञप्ति : 

adib.jpg

आरोपि ३ जनाले राउटे समुदायका २ जना युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेका थिए । दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?