काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ ।
काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् ।
ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेपछि ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ । सो ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया