कटुवा पेस्तोलसहित एक जना पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

विदेह नगरपालिका-६ तिनकोरिया चोक नजिक मैनाथपुर सडकबाट १ थान कटुवा पेस्तोलसहित २ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शहिदनगर नगरपालिका-३ बस्ने २५ वर्षीय उतिमलाल पासवान र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय निपुल यादव रहेका छन् ।

मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज-१० प ८६३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी गिद्दा धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उतिमलालको साथबाट उक्त पेस्तोल फेला पारी मोटरसाइकल चालक निपुल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?