माटोको ढिस्कोले पुरिँदा चन्द्रागिरिमा दुई जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका­-१३ स्थित कङ्काली स्कुल नजिक माटोको ढिस्को खसेर पुरिँदा आज दुईको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका­-८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ छन् ।

घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यहाँस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । घाइते भएका अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ । शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।
­­­

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?