घरमा लुकाई राखेको बाघको छालासहित एक जना पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । अछाममा बाघको छालासहित एक जना पक्राउ परेका छन् ।

कमलबजार नगरपालिका-८ ढाकु बस्ने ५० वर्षीय विष्णु बहादुर विष्टलाई १ थान बाघको छाला सहित मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा बाघको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छाला सहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?