काठमाडौं । बागलुङमा भरुवा बन्दुक तथा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।
ढोरपाटन नगरपालिका-४ भागी बस्ने ३८ वर्षीय डम्बर बहादुर पुनलाई १ थान भरुवा बन्दुक, करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश तथा करिब ४ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो र सोही ठाउँ बस्ने ३४ वर्षीय जित बहादुर पुनलाई करिब २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित मंगलवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको घर तालासी गर्दा उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया