काठमाडौं । मदिरा पसलबाट मदिरा चोरेको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनीहरु जेठ ९ गते राति लहान नगरपालिका-२३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटलमा सञ्चालकलाई नियन्त्रणमा लिने खोजेका थिए ।
त्यही बेलामा उनीहरुले भोड्का रक्सी लिएर गएका थिए । उनीहरुले भोड्का रक्सी लिएर गएको भिडियो सामाजिक संजालमा भाइरल नै भएको छ ।
उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिरा बाहादुर पण्डेले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया