काठमाडौं । सर्लाहीमा एकै परिवारमा दर्जन भन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका वडा नम्बर ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो ।
५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीया नातिनीसम्म गरी १४ जना संक्रमित छन् । उक्त वडामा अहिलेसम्ममा १५ जना मात्रै संक्रमित फेला परेको छ । जसमध्ये एकै परिवारका १४ जना कोरोना पोजेटिभ पुष्टि भएको छ ।
हरिवन वडा नम्बर ७ का वडा अध्यक्ष नेत्र प्रसाद मैनालीले एकै परिवारका १४ जना कोरोना संक्रमित रहेको जानकारी दिए । उनले भने– शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ–बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो ।
जेठ ५ र ७ गते परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गर्दा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको वडा अध्यक्ष मैनालीले बताए ।
त्यसैगरि हरिवन नगरपालिका वडा नम्बर ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख मेहबुब रेजाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया