दमौली । ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई अर्पण गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि पाँच हजार ५५५ सहित सम्मानपत्र रहने छ ।
युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिक्षक खनालका स्मृतिमा उनका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गरेका थिए । उनी नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री थिए ।
सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिए । युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गरेका थिए।
राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा केन्द्रीय कार्यालयमा प्रमुख समाचारदाताका रुपमा उनले काम गरिसकेका छन् । नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्वअध्यक्ष उनले रासस सञ्चालक समितिका सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया