सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

लोकपथ
42
Shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतवार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षदको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ ।

त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?