ललितपुरबाट ५० हजार लिटर भन्दा बढी गुणस्तरहिन सेनिटाइजर बरामद

लोकपथ
273
Shares

काठमाडौं । ललितपुरको इमाडोलस्थित शितल हाइटबाट ५० हजार लिटर भन्दा बढी गुणस्तरहिन सेनिटाइजर बरामद भएको छ ।

कोरोना महामारीबाट बच्न सबैभन्दा धेरै प्रयोगमा आउने सेनिटाइजरमा कालोबजारी भएको सूचनापछि फिल्डमा खटिएको महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरको इमाडोलस्थित शितल हाइटमा रहेको एक कारखानाभित्र आशिष प्याकुरेलले अवैध रुपमा उत्पादन गरिरहेको हजारौँ लिटर सेनिटाईजर बरामद गरेको हो ।

No description available.

प्रहरीका अनुसार उनले बनाएका सेनिटाइजरमा कुनैपनि लेबल ट्याग र क्वालिटि कन्ट्रोल नभएको पाईएको छ।

‘शितल हाईटमा कारखाना रहेछ। भित्र ठूलो परिमाणमा सेनिटाइजर बनाईँदै थियो। न मिति छ, न ट्याग छ, ग्यालिनमा भर्दै बजारमा पठाउने रहेछन्।’ अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक(एसपी) कृष्ण प्रसाद कोइरालाले लोकपथसँग भने ।

No description available.

‘५० हजारमध्ये १० १५ हजार लिटर त तयारी अवस्थामै भेटेका छौँ, जसमा उनले आरटीसी इन्डस्ट्री पर्सा लेखेको लेबल लगाएका छन्।’ कोइरालाले थपे ।

No description available.

उनका अनुसार उक्त सेनिटाइजर नमूना औषधि विभागमा पठाउँदा मानव स्वास्थ्यलाई निकै हानीकारक विषाक्त रहेको र अल्कोेहल कन्टेन्ट न्यूनतम पनि नभएको पाएपछि प्रहरीले छापा मारेको थियो।

No description available.

अबैध रुपमा गुणस्तरहिन सेनिटाईजर बनाउने र बेच्ने प्याकुरेललाई पक्राउ गरि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

No description available.

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?