खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

लोकपथ
154
Shares

काठमाडौं । भोजपुरमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

पौवादुङ्मा गाउँपालिका-४ बस्ने २९ वर्षीय योगेन्द्र कार्की धारिलो हतियार खुकुरी प्रहारबाट शनिवार राति गम्भीर घाइते भएका छन् ।

पौवादुङ्मा गाउँपालिका-६ ठुलो दुङ्ममा टिउसन पढाउन गएको अवस्थामा योगेन्द्रलाई एक जनाले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका उनको छिमेकीले उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य चौकी मानेडाँडातर्फ पठाइएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र प्रहरी चौकी बास्तीबाट खटिएको प्रहरीले घाइतेलाई सामान्य उपचारपश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ पठाएको छ ।

घटनाको अनुसन्धानको क्रममा एक जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?