काठमाडौं । नवलपरासी (पूर्व) कावासोती जंगलमा नेपाली सेनाको बोलेरो जीप दुर्घटना भएको छ । सल्यानबाट काठमाडौं आँउदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा सेनाका ६ जना घाइते भएका छन् । भे १ ज ३८४ नम्बरको जीप खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले लोकपथलाई बतायो । जीपमा १२ जना सवार थिए ।
घाइतेहरू सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना छन् । उनीहरूको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइ हाल डिस्चार्ज भएका प्रहरी कार्यालय नवलपुरले बताएको छ ।
घाइते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं-२ का ४० वर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं-११ का ३१ वर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं- १ बस्ने वर्ष २८ का मंगल विक, काभ्रेकै बनेपा नगरपालिका वडा नं-८ वस्ने वर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं- ६ का वर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं- २ का वर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया