जान्नुहोस् : कोरोना संक्रमणबाट सबैभन्दा बढी कुन उमेर समूह प्रभावित ?

लोकपथ
364
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपाललमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको हो ।

आज थपिएका ८ हजार ९ सय ८० संक्रमित मध्ये सबै भन्दा धेरै ३०-३९ वर्ष उमेर समूह प्रभावित भएका छन् । स्वास्थ्य मन्त्रालयको विवरणलाई आधार मान्दा पछिल्लो २४ घण्टामा ३० देखी ३९ वर्ष उमेरसमूहका २ हजार ७६ जनालाई संक्रमण पुष्टि भएको छ जुन सबै भन्दा धेरै हो ।

त्यस्तै २० देखी २९ उमेरसमूहका १ हजार ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुरा विवरण हेर्नुहोस् : 

पछिल्लो २४ घण्टामा कुन प्रदेशमा कति थपिए संक्रमित ?

प्रदेश १                   – १ हजार १ सय ४ जना
प्रदेश २                  – ५ सय ७४ जना
बागमती प्रदेश        – ३ हजार ८ सय ७३ जना
गण्डकी प्रदेश         – ३ सय ६९ जना
लुम्बिनी प्रदेश          – १ हजार ३२ जना
कर्णाली प्रदेश           – ६ सय १६ जना
सुदूरपश्चिम प्रदेश       – १ हजार २३ जना

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ सय २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ६ हजार १ सय ५३ जनाले कोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?