सातै वटामध्ये बागमती प्रदेशमा थपिए सबैभन्दा धेरै कोरोना संक्रमित

लोकपथ
294
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपाललमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको हो ।

आज थपिएका ८ हजार ९ सय ८० संक्रमित मध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार बागमती प्रदेशमा ३ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा   १ हजार १ सय ४ जना संक्रमित थपिएका छन् ।  प्रदेश २ मा  ५ सय ७४ जना संक्रमित थपिएका छन् ।  गण्डकी प्रदेशमा ३ सय ६९ जना संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा १ हजार ३२ जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा ६ सय १६ जना संक्रमित थपिएका छन् ।  सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ सय २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ६ हजार १ सय ५३ जनाले कोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?