‘प्रतिनिधिसभा विघटन हुनु दुखद एवं दुर्भाग्यपूर्ण’

लोकपथ
147
Shares

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ‘प्रतिनिधिसभा विघटन हुनु दुखद एवं दुर्भाग्यपूर्ण’ भनेको छ । यो सम्पूर्ण प्रक्रिया नियोजित षडयन्त्र अन्तर्गत मञ्चन भएको र यसको चालक सिटमा प्रधानमन्त्री र राष्ट्रपति भएको देखिएको समाजले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख राजनीतिक दलहरु भित्रको बिचलन र द्वैध चरित्रले पनि यसका लागि सहयोगी भूमिका निर्वाह गरेको समाजले ठहर गरेको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले आह्वान गरेपछि तोकिएको समयसीमा भित्रै प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाको पक्षमा १४९ जना प्रतिनिधिसभा सदस्यहरुले हस्ताक्षरसहित गरेका दावालाई खारेज गर्ने राष्ट्रपतिको निर्णय विवादास्पद भएको पनि समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?