काठमाडौं । अष्ट्रेलियाले कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ ।
अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने दूतवासले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया