काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले बिहीवार साँझ नेपालको संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठनका लागि आव्हान गरेकी हुन् ।
प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि प्रतिनिधि सभा सदस्यलाई प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न जेठ ७ गते साँझ ५ बजेसम्मका लागि समय दिईएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइ नयाँ सरकार गठनको प्रक्रियामा जाने आजै साँझको मन्त्रिपरिषद् बैठकमा निर्णय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया