ब्राजिलमा कोरोनाबाट ४ लाख ३९ हजार बढीको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । ब्राजिलमा कोभिड-१९ बुधवार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको साओ पाउलोे सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको पनि सो समाचारमा जनाइएको छ ।विश्वमा कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । तर धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ । विश्वमा कोरोना भाइरसका सबैभन्दा धेरै नागरिक अमेरिकामा, दोस्रोमा भारत र तेस्रोमा ब्राजिलमा संक्रमित भएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?