थप १ सय ९६ जनाको मृत्यु, कूल मृतक संख्या ५ हजार ४ सय नाघ्यो

लोकपथ
119
Shares

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ९६ जनाको कोरोना संक्रमण का कारण मृत्यु भएको छ । योसँगै नेपालमा कूल मृतकको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?