चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने

लोकपथ
154
Shares

काठमाडौं । चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।

सो कुराको जानकारी चिनियाँ विदेश मन्त्रालयले मंगलवार चिनियाँ राजधानी बेइजिङमा गराएको छ । सो बैठक बुधवार नै सम्पन्न हुने बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले यी दुई देशबीच बुधवार हुन लागेको आणविक उर्जासम्बधी बैठकको दुवै देशका राष्ट्रपतिले संयुक्त रुपमा उद्घाटन गर्ने र त्यस कार्यक्रमको प्रत्यक्ष भिडयोमार्फत् अवलोकन पनि गर्ने जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?