चक्रवातमा परि मुम्बइमा मात्रै १ सय २७ जना बेपत्ता

लोकपथ
147
Shares

काठमाडौं । भारतीय शहर मुम्बइमा चक्रवातमा परि १२७ जना हराइरहेको बताइएको छ । मंगलवार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको ‘ताउ ते’ नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो । त्यसमा परि कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ ।

सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ ।

सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलवार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।

मंगलवार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो । त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?