कोरोनाका कारण ज्यान गुमाएका ४ हजार ८४ जना कुन उमेर समूहका कति ? 

लोकपथ
532
Shares
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एकै दिन २ सय २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कूल मृतक संख्या ४ हजार ८४ पुगेको छ ।
हालसम्म ज्यान गुमाएका ४ हजार ८४ जना मध्ये ६० वर्ष माथिका २ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ । त्यस्तै ५० देखी ५९ उमेर समूहका ७ सय १७ जनाको मृत्यु भएको छ । यसैगरी ४० देखी ४९ उमेर समूहको ५ सय १४ जनाले ज्यान गुमाएका छन् ।
यस्तो छ बाँकी विवरण : 
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?