काठमाडौं । भारतमा एक अप्रिय घटना घटेको छ । राजस्थानको जोधपुरमा आफ्नै श्रीमानले श्रीमतिको हत्या गरेका छन् ।
श्रीमानले तरवारले श्रीमतीको हत्या गरेको बताएका छन् ।
![]()
प्रहरीका अनुसार हत्यापछि उनी आफै प्रहरीकोमा पुगेका थिए र आफूले तरवारले श्रीमतीको हत्या गरेको बताएका थिए । घटनाबारे सुनेपछि प्रहरी घटनास्थलतर्फ गएको थियो ।

घटनास्थल पुग्दा मृतक श्रीमतीको घाँटी काटिएको अवस्थामा शव थियो । मृतकाको शव ओछ्यानमा ढलेको अवस्थामा थियो भने वरिपरी रगतहरु बगेको बोरानाडाका एसपी मन्गीलाल राठौंरले बताए ।

प्रहरीले शव पोक्ष्टमार्टमका लागि मथुरादाश अस्पताल पठाएको छ । हत्याको कारण बारे सोध्दा श्रीमानले उनको चरित्रका कारण उनको हत्या गरेको बताएका छन् ।

प्रहरीले घटनास्थललाई सिल गरेको छ । मृतक महिलाको बुबाआमालाई खबर गरिसकेको बताएको छ । आरोपितसँग थप अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया