‘ह्याप्पी एनिर्भसरी बुवा ममी’ भन्दै छोरी गंगाले सार्वजनिक गरिन प्रचण्ड पत्नीको यस्तो तस्बिर

लोकपथ
3.4k
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उनकी पत्नी सिता दाहालको वैवाहिक जिवन प्रवेशको ५२ औँ वर्षगाठ आज परेको छ ।

वैवाहिक वर्षगाठको अवसरमा सामाजिक सञ्जालमा नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले बिहानैदेखि शुभकामना व्यक्त गरेका छन् । साँझ कान्छि छोरी गंगा दाहालले ‘ह्याप्पी एनिर्भसरी बुबा ममी’ भन्दै अध्यक्ष प्रचण्ड र उनकी पत्नी सिता दाहालको फोटो फेसबुकमा पोष्ट गरेकि छिन्, जुन तस्वीरले धेरैको मन छोएको छ । जहाँ सिता दाहाललाई बिरामी अवस्थामा अरुको साहारामा देख्न सकिन्छ । छोरी गंगाले सो फोटो सेयर गरेसँगै सामाजिक सञ्जालमा सिता दाहालको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?