मास्क नलगाई हिँडडुल गरिरहेकालाई सम्झाँउदा प्रहरीमाथि नै हातपात, २ जना पक्राउ

लोकपथ
378
Shares

काठमाडौं । सुनसरीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

ईनरुवा नगरपालिका-९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीले मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गर्ने क्रममा उल्टै प्रहरीलाई गालीगलौज तथा हातपात गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?