भारतमा लगातार चौथो दिन पनि चार लाख बढीमा कोरोना संक्रमण पुष्टि

लोकपथ
98
Shares

काठमाडौं । भारतमा लगातार चौथो दिन कोरोना भाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन् ।

भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको कूल संख्या दुई करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमितमध्ये हालसम्म एक करोड ८३ लाख १७ हजार संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार संक्रमण मुक्त भएका छन् ।

हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार हजार ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म २ लाख ४२ हजार ३६२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार यही मे ८ सम्म कूल ३० करोड २२ लाख ७५ हजार नमुना परीक्षण गरिएको छ ।

यस्तै, गत मे ७ तारिखसम्म भारतभर कोभिड–१९ विरुद्धको खोप १६ करोड ९४ लाख ३९ हजार डोज लगाइएको छ । गत जनवरी १६ देखि खोप दिन थालेको भारतमा हाल १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने गरिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?