काठमाडौं । भारतको एमपीमा अप्रिय घटना घटेको छ । रीवाकी एक युवतीलाई जागिर लगाइदिन्छु भन्दै बलात्कार गर्ने एक जना पक्राउ परेका छन् ।

आरोपितले ती युवतीलाई पार्टीको महिला मोर्चाको अध्यक्ष बनाई दिन्छु भन्दै पटक पटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यती मात्रै हैन उनले ती युवतीलाई एक कोठा भाडामा लिएर राखेको र त्यै कोठामा पटक पटक बलात्कार गर्ने गरेका थिए । साथै उनले ती युवतीको अश्लील भिडियो बनाएका थिए । त्यसपछि उनले सो भिडियो सार्वजनिक गर्दिन्छु भन्दै ब्ल्याक्मेल गर्दै आइरहेको खुलेको छ ।

घटना यतीमै सिमित भएन पक्राउ परेका आरोपितले जब ती महिलाको विवाह पक्का भयो तब केटा पक्षलाई उक्त अश्लील भिडियो पठाएर विवाह रोकी नै दिए ।

त्यसपछि युवतीले प्रहरीलाई उजुरी दिइन् ।
प्रहरीले आरोपितलाई पक्राउ गर्यो । उनको मोबाइल साइबर ब्यूरो पठाइ अनुसन्धान गरिरहेको भारतिय प्रहरीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया