काठमाडौं । गोरखाका कोरोना संकमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् ।
उनीको आज राति १२ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भई यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना संकमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया