काठमाडौं- शुक्रवार काठमाडौंमा मात्रै २ हजार ४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २७९ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया