काठमाडौं- गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रवार सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, “मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।”
एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि पीसीआर टेस्ट गरेको उनले उल्लेख गरेका छन्।
उनी अहिले होम आइसोलेशनमा बसेका छन् । उनको अवस्था सामान्य छ । “कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं । किनकी लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ! आशा राखौं, यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौ।” उनले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया