पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान सुरू गर्ने

RSS
147
Shares

पाकिस्तान । पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गर्ने बताएको छ ।

पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) का अध्यक्ष असद उमेरले बिहीवार उक्त जानकारी गराएका हुन् ।

खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भनेका छन्- “बिहीवार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ । पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ ।”

यसअघि मंगलवार, पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न शुरु गरेको थियो ।

पाकिस्तानले ५० वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?