काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।
यसैगरी हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ जना रहेको र ५९ जना क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि बुधवार नेपालमा ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको र १७ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया