आजको मौसम : पहाडी भू–भागका केही स्थानमा हावाहुरी सहित बर्षाको सम्भावना

RSS
112
Shares

काठमाडौं । आज देशका पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाई छ ।

देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले बताएको छ । हाल देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सफा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?