‘फ्रन्टलाइनर’लाई सलमानको सहयोग, आफैँले चाखेपछि मात्रै पठाए खाना

लोकपथ
455
Shares

काठमाडौं । चर्चित बलिउड अभिनेता सलमान खानले कोरोना महामारी रोकथामका लागि काम गरिरहेका कामदारहरूलाई खाजा सहयोग गरेका छन् । सलमान खानले अग्रपङ्क्तिमा काम गर्नेहरुका लागि पाँच हजार वटा खानको प्याकेट पठाएर सहयोग गरेका हुन् ।

ट्विटरमा युवा सेनाका सदस्य राहुल कनलले भिडियो राख्दै सो कुराको जानकारी दिएका छन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा सलमान स्वयंले खाना पठाउन अगाडि आफै चाख्दै गरेका छन् । सो भिडियोमा उनले शुरुमा खाना चाख्छन अनि खानाको प्याकिङको परीक्षण गर्छन्।

भिडियोमा सलमानलगायत वरपर भएका टीमले पनि स्वास्थ्य मापदण्डलाई पालना गर्दै काम गरिरहेको देख्न सकिन्छ ।

भारतमा कोरोना स्थिति भयावह बन्दै गइरहेको छ । यस्तो अवस्थामा बलिउड कलाकारहरु आवश्यकता परेकाहरुको सहयोग गरिरहेका छन् । अक्षय कुमार र सोनू सूदलगायतका कलाकारहरुले पनि सहयोग गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?