काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–७ का वीरबहादुर थापामगर र इन्द्रबहादुर विकलाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
खुट्टामा गोली लागेर घाइते भएका इन्द्रबहादुर विक स्थानीय स्वास्थ्य संस्थामा उपचाररत रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उनीहरूको साथबाट बुधबार उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोही ठाउँको शिवशंकर सामुदायिक वनमा वन्यजन्तुको चोरी–सिकार गर्ने क्रममा वीरबहादुरले बोकेको बन्दुक पड्किँदा सँगै रहेका इन्द्रबहादुर विक घाइते भएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया